जम्मू-कश्मीरको माता वैष्णो देवी मन्दिरमा भीषण आगलागी

NAWALPUR TIMES

जम्मू-कश्मीरको माता वैष्णो देवी मन्दिरमा भीषण आगलागी
1623160002270

नयाँदिल्ली: जम्मू कश्मीर क्षेत्रको रिसी जिल्लास्थित माता वैष्णो देवी मन्दिरमा भीषण आगलागी भएको छ ।

मंगलबार साँझ अचानक मन्दिरमा आगलागी भएको हो । मन्दिरको भवनमा विद्युतीय लाइन सर्ट भइ आगलागी भएको बताइएको छ । आगो नियन्त्रणमा लिन अहिले सुरक्षाकर्मी र अग्नि नियन्त्रक टोली खटिएको छ ।

आगोबाट भवन ध्वस्त भए पनि मानवीय क्षति नभएको बताइएको छ । आगलागीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । स्थानीय समय अनुसार मंगलबार साँझ ५ बजे आगलागी भएको हो ।

एक दिनअघि सोमबार भारतको महाराष्ट्रस्थित पुणेमा एउटा सेनिटाइजर उत्पादक कारखानामा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology