जबर्जस्ती करणीमा जेल परेका कैदी फरार

NAWALPUR TIMES

जबर्जस्ती करणीमा जेल परेका कैदी फरार
1595312387.Jail Symbolic Picture

चितवन। चितवनबाट एक थुनुवा फरार भएका छन्। कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् ।

 

हिजो साँझ ५:३० बजे कैदीबन्दी गणनाका क्रममा सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो।

 

कालिका नगरपालिका-२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology