कावासोती । २२ वर्षे युवतीलाई करणी गरेको अभियोगमा नवलपुरको जिल्ला अदालतले एक जना पुरुषलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
गत साउन ३० गते आफ्नो घरमा आएकी २२ वर्षीया युवतीलाई अश्लील भिडियो देखाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका धनिराम भनिने बुद्धिराम खोजुवारलाई नवलपुरको जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सन्तोष पाठकले बताउनु भयो ।
करणीको आरोपमा थुनामा रहेका खोजुवारको अभियोग पुष्टि भए ७ देखि १० वर्ष सम्मको सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
Facebook Comment