जन जागृत युवा क्लवको चौथो साधारण सभा सम्पन्न

NAWALPUR TIMES

जन जागृत युवा क्लवको चौथो साधारण सभा सम्पन्न
received 1100223963750325 scaled

देवचुली। देवचुली-९ मा रहेको जन जागृत युवा क्लवको चौथो साधारण सभा आज शुक्रबार क्लवको भवन परिसरमा सम्पन्न भएको छ।

क्लवका अध्यक्ष कृष्ण बहादुर आलेको अध्यक्षता तथा देवचुली नगरपालिका कार्यपालिका सदस्य खेमलाल नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देवचुली-९का जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, खेलमैदान तथा क्लव भवन जग्गादाता, क्लवका सल्लाहकार, स्थानीय संघसंस्थाका प्रतिनिधि एवं स्थानीय युवाहरुको बाक्लो उपस्थिति रहेको थियो।

क्लवका उपाध्यक्ष चन्द्रबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको साधारण सभाले आ.व.७६/७७ को आन्तरिक तथा वाह्य लेखापरीक्षण अनुमोदन गरेको छ भने देवचुली ९ का सबै टोलमा गरि क्लवका ५ वटा उपसमिति गठन गरेको छ। साथै ती उपसमिति सबैलाई खेलकुद सामाग्री वितरण गरिएको अध्यक्ष आलेले नवलपुरटाइम्सलाई वताउनुभयो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology