जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा पदमुक्त

NAWALPUR TIMES

जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा पदमुक्त
1622709464376

पोखरा । राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य रहेका कृष्ण थापा पदमुक्त भएका छन्।

जनमोर्चाको बिहीबार बसेको केन्द्रीय समिति बैठकले थापालाई सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो। उनलाई सांसदबाट हटाएको जानकारी प्रदेशसभा सचिवालयमा दिएपछि आज प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनी पदमुक्त भएको पत्र पढेर सुनाएका थिए।

थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन कांग्रेसको पक्षमा हस्ताक्षर नगरेपछि उनलाई पार्टीले कारवाही गरेको छ। थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जनामात्र रहने भएका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology