जनप्रतिनिधिलाई गुरुराजको प्रश्न : बालेन जस्तै उदाहरणिय बन्न किन सक्नुभएन ?

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ २१ गते १७:४०
जनप्रतिनिधिलाई गुरुराजको प्रश्न : बालेन जस्तै उदाहरणिय बन्न किन सक्नुभएन  ?
received 603867028615720

कावासोती । नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य गुरुराज घिमिरेले काठमाडौं महानगर पालिकाका प्रमुख बालेन्द्र शाहले काम गरेर  देश भर सकारात्मक सन्देश दिएका बेला नेपाली कांग्रेस बाट जितेका ३ सय बढी मेयर र अध्यक्षहरुले आ आफ्नो ठाउँबाट राम्रो काम गरेर राम्रो सन्देश प्रवाहा गर्न किन सकिरहेका छैनौ भन्दै प्रश्न गरेका छ्न ।

नेपाली कांग्रेस देवचुलीको नगर सम्मेलनमा सहभागी हुन आएका घिमिरेले एउटै बालेनले तहल्का मच्चाउन सक्ने कांग्रेस बाट जितेका ३ सय बढी मेयर र अध्यक्षहरुले किन नसक्ने भन्दै जनप्रतिनिधि माथी प्रश्न उठाएका हुन ।

घिमिरेले एक पटकका लागि आफ्नो स्वार्थलाई तिलाञ्जली दिएर पार्टी,लोकतन्त्र र देशको स्वार्थमा काम गर्न कांग्रेसबाट जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे । ‘आफ्नो स्वार्थलाई तिलाञ्जली दिएर पार्टी,लोकतन्त्र र देशको स्वार्थमा काम गरौं कांग्रेसको विजयलाई कसैले रोक्न सक्दैन,” घिमिरेले भने ।

कार्यक्रममा देश बनाउनका लागि वडा अध्यक्ष देखि राष्ट्रपती सम्मका सबै जनप्रतिनिधिले व्यक्ती गत स्वार्थलाई छोडेर माथी उठनु पर्ने बताउदै घिमिरेले योग्य मान्छेलाई अवसर दिनुपर्ने कुरामा जोड दिएका छ्न । “लोकतन्त्र भनेको योग्यतन्त्र पनि हो, पार्टी देखि सबै ठाउँमा योग्य मान्छेलाई अवसर दिए देश बन्छ”, उनले भने ।

प्रकाशित : २०८० भदौ २१ गते १७:४०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI