कावासोती । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपुरकाे शुक्रबार बसेकाे बिस्तारित बैठकले जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने नारासहित ३ महिने अभियान सञ्चालन गर्ने भएकाे छ ।भदाै १६ देखि देशैभरि एकैचाेटी ३ महिने अभियानकाे उद्घाटन हुने केन्द्रिय कार्यक्रम अनुसार नवलपुरमा पनि कार्यक्रम हुने भएको हो ।
भाद्र १६ गते देशै भरि एकैचाेटी ३ महिने अभियानकाे उद्घाटन हुनु पूर्व भाद्र ८ गतेसम्म जिल्लाकाे बैठक, १२ गतेसम्म नगरकाे बैठक र १५ गतेसम्म सबै वडाकाे बैठक बसी सक्ने जनाईएकाे छ ।
अभियानकाे क्रममा पालिकास्तरीय र वडास्तरीय प्रशिक्षण सञ्चालन गर्ने, घाईते, अपाङ्ग, बेपत्ता तथा शहिद परिवार भेट्ने कार्यक्रम रहकाे जनाईएकाे छ । त्यसैगरी सम्पूर्ण पार्टी सदस्यले ३ दिने श्रमदान गर्ने, किसानहरूकाे घरघरमा गएरमा काम गर्ने जनाईएकाे छ । बिस्तारित बैठकले पालिका हेर्ने गरी प्रदेश सदस्य र वडा हेर्ने गरी जिल्ला सदस्यहरूकाे जिम्मेवारी समेत तोकेको छ ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू किशन शर्मा, सुष्मा खनाल, भगवती तिवारी, प्रकाश न्याैपाने, हेमराज लामिछाने, सराेज शर्मा, बैकल्पिक सदस्यहरू धनप्रसाद सापकाेटा र बालकृण्ण रानाभाटसहितकाे उपस्थिति रहेकाे थियाे ।
प्रकाशित : २०८० भदौ ८ गते २१:२१
Facebook Comment