जंगली हात्तीको आक्रमणमा चितवनमा एकजनाको मृत्यु

NAWALPUR TIMES

जंगली हात्तीको आक्रमणमा चितवनमा एकजनाको मृत्यु
download 5

चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर १ का सागर लामा रहेका छन् भने सोही स्थानका कृष्ण लामा घाइते भएका हुन्  ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार राति ८ बजेको  समयमा कृष्ण लामा, सागर लामा र अर्का साथी शक्ती गुरुङ राप्तीको ड्याम साइडमा घुम्न गएको समयमा जंगली हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणबाट कृष्ण लामा सामान्य घाइते र गुरुङ भाग्न सफल भएका थिए भने सागर लामा बेपत्ता भएका थिए ।

सागर लामालाई खोजतलास गर्ने क्रममा आज बिहान ७ बजेर ५० मिनेटको समयमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ खयरघारीस्थित लोथर खोलाको पारी पट्टि मृत अबस्थामा फेला परेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology