छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगिता : प्रगतिमन्दिर युवा क्लब फाईनलमा

NAWALPUR TIMES

छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगिता : प्रगतिमन्दिर युवा क्लब फाईनलमा
received 2146706138969859

राजु चापागाई/देवचुली ।                    देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज प्रगतिमन्दिर युवा क्लब विजयी हुँदै फाइनल प्रवेश गरेको छ । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत विद्यालयको खेलमैदानमा संचालित प्रतियोगितामा प्रगतिमन्दिर युवा क्लबका विरुद्ध शुभप्रभात समाज बिच भएको खेलमा निर्धारित समयमा २-२ को बराबरी गोल हुँदै ट्राईबेकरमा प्रगतिमन्दिर युवा क्लब ४-३ गोल अन्तरले विजयी भएको हो । उपाधिका लागि प्रगतिकला मन्दिर युवा क्लबले पुरानो देवचुलीसँग प्रतिष्पर्धा गर्नेछ ।आजको खेलमा शुभ प्रभात समाजका मनबहादुर पाटाम्यान अफ दि म्याच घोषित भएका छन ।

२१ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु १५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल खेल प्रगतिकला मन्दिर युवा क्लब र पुरानो देवचुलीबिच शनिबार हुने खेल संयोजक समीर श्रेष्ठले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology