छुद्र ग्रहलाई अमेरिकी अन्तरिक्ष यानले छोएपछि…….

NAWALPUR TIMES

छुद्र ग्रहलाई अमेरिकी अन्तरिक्ष यानले छोएपछि…….
1603251519040

अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्त्वकांक्षी मिशन अन्तर्गत ३० करोड किलोमिटर भन्दा पर रहेको एउटा छुद्रग्रहबाट नमूना सङ्कलन गर्ने काम पूरा गरेको छ । उक्त यान पाँच सय मिटर मात्र फराकिलो रहेको छुद्रग्रह बेनुसँग सम्पर्कमा आएको रेडियो सङ्केत ३३ करोड किलोमिटर परबाट प्राप्त भएको हो ।

तर नाशाको उक्त मिशनले ओसाइरिस रेक्स यानले वास्तविक रूपमै नमूना सङ्कलन गरे-नगरेको थाहा पाउन थप विवरणहरूको प्रतिक्षा गर्नुपर्ने जनाइएको छ ।

कस्तो मिशन ?

दुई वर्षको यात्रा र अर्को दुई वर्ष उपयुक्त अवतरण गर्ने ठाउँको पहिचान गरेपछि नासाको उक्त यानले १६ सेकेन्ड लगाएर त्यहाँबाट केही नमूना लिएको छ । जुन २०२३ मा पृथ्वीमा आउनेछ । उक्त मिशनले कम्तिमा ६० ग्रामदेखि एक किलोजति नमूना लिने उद्देश्य राखेको थियो । अन्तरिक्षमा बेनु आदिम समयकै पीण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायसन सम्बन्धी रोचक तथ्य भएको हुनसक्ने ठानिएको छ ।

नाशाका प्रशासक जीम ब्राइन्डेन्स्टाइनले ट्वीटमार्फत् चन्द्रमा पुगेको अपोलो कार्यक्रमपछि अन्तरिक्षबाट सबैभन्दा बढि नमूना ल्याइने बताए । ‘यदि सबै सोचेजस्तो भइदिएमा उक्त नमूनालाई वैज्ञानिकहरूले पुस्तौँपुस्तासम्म अध्ययन गर्नेछन् ।’

नाशाका वैज्ञानिकहरूले यस मिशनलाई तीस करोड किलोमिटरभन्दा पर रहेको एउटा विशाल भवन आकारको छुद्रग्रहमा परैबाट नियन्त्रित रूपमा कार पार्क गर्ने प्रयाससँग तुलना गरेका छन् । ओसाइरिस रेक्स यानले बेनुको आठ मिटर फराकिलो निशानालाई साढे चार घण्टाजति समय लगाएर छोएको थियो ।

उसले नमूना सङ्कलन गर्ने प्रक्रियालाई वैज्ञानिकहरूले ‘भ्याकुम क्लिनर’को काम गर्ने तरिकासँग तुलना गरेका छन् । त्यससँग साढे चार अर्ब वर्ष अघि सूर्य र गृहहरू अस्तित्वमा आउनुपछाडिका तथ्यहरू हुन सक्ने ठानिएको छ । यस मिशनका प्रमुख अनुसन्धानकर्ता युनिभर्सिटी अफ एरिजोनाका डान्ते लोरेट भन्छन्: ‘हाम्रो टोली खुलीले गदगद, निकै भावुक छ । सबैजना गौरवान्वित महसुस गरिरहेका छन् ।’ बीबीसी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology