छहारी संगम युवा क्लबद्वारा शैक्षिक सामग्री बितरण

NAWALPUR TIMES

छहारी संगम युवा क्लबद्वारा शैक्षिक सामग्री बितरण
received 296833589052167

नारायण प्रभु
पुस- १७
छहारी सङ्गम युवा क्लब कावासोती १ ले गरिब तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको छ।क्लबको खेल मैदानमा बिहिबार शुक्रबार भएको दोस्रो रेशम स्मृति १५ पुसे खेल महोत्सवको समापन कार्यक्रममा जनता मा.बि . बिष्णुनगरका १५ जना , जनकल्याण मा.बि.रिठ्ठेपानीका १५ जना र माहाराजा नि.मा.बि. हात्तिखोरका १५ जना गरी ४५ जनालाई शैक्षिक सामग्री बितरण गरेको हो।तिहारमा क्लबले देउसी भैलो खेलेर शैक्षिक सामग्रीका लागि रकम जम्मा गरेको थियो भने कावासोती वडा नं. १ ले पनि २५ हजार बराबरको शैक्षिक सामग्री क्लबलाई सहयोग गरेको छ।
हरेक वर्ष क्लबले खेल महोत्सव आयोजना गर्ने गर्दछ।
यसपटक भएको दुई दिने खेल महोत्सवमा पुरुष भलिबल,पुरुष फुटबल, महिला फुटबल, महिला कपर्दी, घैटो फुटाउने खेल खेलाइएको थियो ।खेलमा बिजयी टिमलाइ समेत पुरस्कार हस्तान्तरण गरिएको छ।कावासोती १ का कार्यबाहक वडाध्यक्ष माधब भण्डारीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रम क्लबका अध्यक्ष रन्जित रानाको अध्यक्षतामा सम्पन्न भएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology