च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डको वेबसाइट नेपाली ह्याकरद्धारा ह्याक

NAWALPUR TIMES

च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डको वेबसाइट नेपाली ह्याकरद्धारा ह्याक
SATAN BRAHMA

वर्ल्ड रेकर्डको तथ्यांक राख्ने एक संस्था ‘च्याम्पिनयस बुक अफ वर्ल्ड रेकर्ड’को वेबसाइट नेपाली ह्याकरले ह्याक गरिदिएका छन् ।

सातान तथा ब्रम्हा नामक ह्याकरहरुले पछिल्लो समयमा विवादमा पर्दै गरेका विजय शाहीलाई पक्राउ गर्न माग गर्दै सो वेबसाइट ह्याक गरिदिएका हुन् ।

सो संस्थाले विश्वभरका ट्यालेन्टहरुलाई पहिचान गरि प्लेटफर्म दिने र वर्ल्ड रेकर्ड राख्ने प्लेटफर्म भएको बताउँदै आएको छ।

यो वेबसाइट च्याम्पियन्स बुक अफ द वर्ल्ड रेकर्डको पुरानो वेबसाइट थियो। यो सबै रेकर्ड हामीले इन्टरनेटमा सर्च प्रदान गर्नको लागी प्रयोग गरीएका थिए तर पछि, यो ह्याकरहरुद्वारा सम्झौता भएको थियो।

आश्चर्यजनक रूपमा यसका सबै डाटा ब्याकअप सुरक्षित भएको बताईएको छ र यो रिकभर गरेर डाटा सुरक्षित रूपबाट अर्को सब डोमेन साइटमा सारिएको छ।

हाल सुरक्षित गरीएको नयाँ बनाईएको वेबसाइटबाट सेवा प्रदान गरीरहेको छ।

तर आधिकारीक वेबसाइटलाई ह्याक गरीएको छ र ह्याकरद्वारा सम्झौता गरीएको छ र फ्ल्याग छोडिएको छ।

च्याम्पिनयस बुक अफ वर्ल्ड रेकर्ड विशेषगरि भारतमा आधारित भएर वर्ल्ड रेकर्ड राख्न चाहने व्यक्तिहरुलाई सहयोग गर्ने गर्दछ।

कालीकोटका विजय शाहीले ‘मेमोरी किङ’ विधामा विश्व रेकर्ड कायम गरेको बताईएको थियो ।  २०७६ सालमा शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै विश्व रेकर्ड राख्न सफल भएको बताईएको थियो।

उनलाई केहि दिनअघि सामाजिक सञ्जालमा आफ्नै मृत्युको खबर फैलाएको आरोप लागेको थियो । त्यसबेला शाही निकट व्यक्तिहरुले नै मृत्यु भएको भन्दै सामग्री पोष्ट गरेका थिए।

सातान नामक ह्याकरले यसअघि पनि विभिन्न नेपाली वेबसाइटहरुको डाटा लिक गरिदिएका थिए । स्रोत: टेक्नोलोजिखबर

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology