चुनाव हुँदैन, काँग्रेस महाधिवेशनतिर लाग्नुपर्छः महामन्त्री कोइराला

NAWALPUR TIMES

चुनाव हुँदैन, काँग्रेस महाधिवेशनतिर लाग्नुपर्छः महामन्त्री कोइराला
dr. sasanka koirala 1

घोराही । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले काँग्रेसको सिङ्गो ध्यान अब महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस दाङले सोमबार घोराहीमा गरेको संसद विघटन विरुद्धको विरोधसभालाइ सम्बोधन गर्दै नेता कोइरालाले महाधिबेशनबाट पार्टी नेतृत्व परिवर्तन गरेर काँग्रेसलाई आउने चुनावमा एकढिक्का बनाएर लैजानुपर्ने बताएका हुन् ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारले वैशाखमा चुनाव गर्ने सम्भावना नरहेको भन्दै काँग्रेस पार्टीको महाधिवेशनमा लाग्नुपर्नेमा जोड दिए । ‘चुनाव भएपनि मंसिर–पुस तिर होला, अहिले हुँदैन’ सभामा बोल्दै महामन्त्री कोइरालाले थपे, ‘त्यसैले काँग्रेस पार्टीको महाधिवेशनतर्फ लाग्नुपर्छ, महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गरेर काँग्रेसलाई संगठित बनाउनुपर्छ ।’
गत निर्वाचनको टिकट बाँड्नेमा सभापति देउबासहित आफु र अन्य नेताहरु भएकाले चुनावमा पराजय बेहोरेको जिम्मा सामूहिक रुपमा लिनुपर्ने उनले बताए । कोइरालाले कम्युनिष्टहरुका पछिल्ला गतिविधिले मुलुकको नेतृत्व उनीहरुले गर्न सक्दैनन भन्ने सन्देश दिएको समेत बताए ।
उनले भने, ‘कम्युनिष्टको दुई तिहाइको सरकारले काम गरेर ३० वर्ष शासन गर्छन् कि भन्ने लागेको थियो, तर उनीहरुको अहिलेको विभाजनले कम्युनिष्टले मुलुकको नेतृत्व गर्न सक्दैन्न भन्ने स्पष्ट शन्देश दिएको छ ।’ उनले काँग्रेस एक ढिक्का भएमा कसैले केही गर्न नसक्ने ठोकुवा गरे ।
कोइरालाले कम्युनिष्टसँग मिलेर आम्दोलन गर्न नहुने तर संसद विघटन विरुद्धको आन्दोलनमा भने काँग्रेस होमिएको बताए । फरक प्रसंगमा उनले वीपी कोइराला कुनै समयमा कम्युनिष्ट रहेको प्रसंग सुनाउँदै पछि प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेर मुलुकलाई सहि दिशा दिएर अघि बढाएको स्मरण गरे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology