‘चीनभन्दा पहिले नै विश्वको अन्य भागमा कोरोना संक्रमण फैलिएको’ चिनियाँ विदेश मन्त्रालयको दाबी

NAWALPUR TIMES

‘चीनभन्दा पहिले नै विश्वको अन्य भागमा कोरोना संक्रमण फैलिएको’ चिनियाँ विदेश मन्त्रालयको दाबी
1602254924645

एजेन्सी, २३ असोज । चीनभन्दा पहिले नै विश्वको अन्य भागमा कोरोना भाइरसको संक्रमण फैलिएको चिनियाँ विदेश मन्त्रालयले दाबी गरेको छ । चीनले कोरोनाबारे पहिला जानकारी मात्र गराएको उसको दाबी रहेको छ । उसले वुआनस्थित प्रयोगशालाबाट कोरोना भाइरसको संक्रमण फैलिएको भन्ने अमेरिकी आरोप समेत अस्वीकार गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनइङले नियमित प्रेस ब्रिफिङमा भने, ‘हामी सबैले बुझेका छौं कि महामारी विश्वरका धेरै स्थानमा गत वर्षको अन्ततिर फैलिएको थियो र चीन यसबारे जानकारी गराउने पहिलो देश थियो ।’ उनले चीनले बेलैमा यसबारे सँसारलाई जानकारी गराएको समेत बताए ।

चीनको वुआन शहरमा २०१९ को डिसेम्बरमा कोरोना भाइरस पहिलोपटक पत्ता लागेको थियो । यसले सँसारका ३ करोड भन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ । दश लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology