चिसो सँगै बढ्नेछ टन्सिलको समस्या, यस्ता छन् लक्षण र खानै पर्ने खानेकुरा

NAWALPUR TIMES

चिसो सँगै बढ्नेछ टन्सिलको समस्या, यस्ता छन् लक्षण र खानै पर्ने खानेकुरा
px9CBP939zXf2yuVZYiE

नवलपुर । अन्य समयमा भन्दा जाडोमा टन्सिलको जोखिम बढी हुनेगरेको पाइएको छ । गलामा टन्सिल हुने समस्या पछिल्लो समय धेरै मानिसको साझा समस्या बनिरहेको छ । टन्सिल हुँदा गलाको दुवैतर्फ मासुमा गाँठो बन्नेगर्छ । गला सुन्निने हुँदा बेस्सरी दुख्ने अनि बोल्नमा समस्या पैदा हुन्छ । खानाको स्वाद पनि लिन सकिदैन ।

संक्रमण, ब्याक्टेरिया, गलत खानपान र मौसम परिवर्तन टन्सिलका मुख्य कारक हुन् । कब्जियतले पनि टन्सिल गराएको पाइन्छ । टन्सिल के कारणले हुन्छ अनि यसको घरेलु उपचार बिधि के हो त ? यसबारे जानौँ

टन्सिलको कारणस् आयोडिनको कमी, मौसम परिवर्तन, चिसो खानेकुरा, गलत खानपान, संक्रमण वा ब्याक्टेरिया, धूलोधूवाँ, अमिलो खानेकुरा आदीले टन्सिलको जोमिखम बढाउछन् ।

टन्सिलको लक्षण: टन्सिलको जोगिम सुरु भएसँगै शरीरको तापक्रम उच्च हुन्छ, सुक्खा खकार, ज्वरो आएर जिउ काँप्ने, सास गनाउने, गलाको भित्री भाग रातो हुने, आवाज भारी हुने, खाना निल्न गाह्रो हुने आदी भएमा टन्सिल भएको बुझ्नुपर्छ ।

टन्सिल गलामा हुने भएकाले स्वासप्रश्वास र खानपानमै समस्या देखिएपनि प्रारम्भिक चरणमै उच्च जोखिम हुदैन । यसलाई यी घरेलु उपचार बिधिबाटै निको बनाउन सकिन्छ ।

मरिच र तुलसीको पातस् मरिच र तुलसीको पातलाई उमालेर गाढा घोल बनाउनुस् । राति सुत्नुअघि दूधमा यसलाई हालेर पिउदा निदान मिल्छ । यो क्रमलाई केही दिनसम्म जारी राख्नुपर्छ ।

मह र दालचिनीस् दालचिनीमा एन्टीब्याक्टेरियल गुण रहेको हुन्छ । महमा दालचिनीको धुलो मिसाएर दिनमा तीनचोटि खादा गलाको टन्सिल निको हुन्छ ।

बेसार, मरिच र बीरेनूनस् बेसार, बीरेनून र मरिचलाई तातोपानीमा हालेर उमालेको घोलले पनि टन्सिललाई निको बनाउछ । यो पानी निल्दा र दिनमा दुईचोटि गला सफा गर्दा टन्सिल ठिक हुन्छ ।

हर्बल चिया:ग्रीन टीमा ल्वाङ, अलैंची र दालचिनी मिसाएर पिउँदा गलामा जमेको ब्याक्टेरिया र कीटाणु मर्छन । अदुवा र मह हालेको चिया पिउदा पनि टन्सिलको निदान हुन्छ । भोजन गरेपछि सधैं दुईतीनवटा तुलसीका पातलाई सफा गरेर चपाउनुस् । यसले दुखाई हटाउनुका साथै किटानु मार्न मद्दत गर्छ ।

सचेत रहनुपर्ने कुराचिसो बढेसँगै टन्सिलको समस्यामा हुनुहुन्छ रु घरमै निको हुन निम्न बिधि अपनाउनुहोस्
टन्सिल हुँदा अमिलो, पीरो र चिसो खानेकुरा खानुहुँदैन । यस्तो खानपानले जोखिम बढाउछ । टन्सिल भएको समयमा तरकारीमा तेल र मसला धेरै प्रयोग गर्नुहुदैन । भुइँकटहर, केरा, सुन्तला, आरुबखडा, खरबुजा, मेवा र स्याउ जस्ता फलफूल खानुहुँदैन । यसले टन्सिलको जोखिम झनै बढाउछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology