चिसो भगाउनका लागि खसीको खुट्टाको सुप बनाउने विधि

NAWALPUR TIMES

चिसो भगाउनका लागि खसीको खुट्टाको सुप बनाउने विधि
mutton

चिसो मौसममा तातो हुनका लागि होस् वा रुघाखोखी निको पार्नका लागि खसीको खुट्टाको सुप निकै उपयोगी हुने गर्छ । अधिकांश मानिसहरूलाई यो परिकार पनि असाध्यै मन पर्छ । जाडोमा हरेक घरमा पाक्ने खसीको खुट्टाको सुप आ–आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । तर, मीठो, छिटो र स्वादिलो बनाएर खाका लागि दिएको बेग्लै तरिका अपनाउन सकिन्छ । तरिका सजिलो पनि रहेको छ ।

खुट्टाको सुप बनाउन चाहिने सामग्रीः

सफासंग धुएर पोलेको खसीको खुट्टा, बेसार, आवश्यकताअनुसार नुन, काटेको हरियो धनियाँ, काटेको प्याज, खुर्सानी, गरम मसला, लसुन अधुवाको पेस्ट, टमाटरको पेस्ट, पड्काउनका लागि जीरा, तेल

पकाउने विधिः

सुरुमा एउटा कुकरमा खसीको खुट्टा, पानी, अलिकति बेसार र नुन राखेर नापकुन्जेल ४ देख ५ सिट्टी दिएर पकाउनु पर्छ । एउटा भाडामा तेल तताएर जीरा पड्काएर काटेको हरियो धनियाँ राख्नु पर्छ । यसरी सुरुमा धनियाँ पड्काउँदा धनियाँको स्वाद धेरै आउने गर्छ । त्यसपछि प्याज हालेर खैरो नहुजेल भुटेपछि टमाटरको पेस्ट, लसुन अदूवाको पेस्ट, अलिकति बेसार, अलिकति नुन (खुट्टामा पहिले पनि नुन हालिसकेको हुँदा) खुर्सानी, तथा गरम मसला राखेर मज्जाले भुट्नु पर्छ ।

टमाटरमा मसला राम्ररी मिसिएपछि अघि कुकरमा भएको खसीको खुट्टालाई उक्त भाडामा राखेर एकछिन पाक्न दिएपछि आफूलाई चाहिने जति पानी राखेर सुप बनाउनुहोस् । ४ देखि ५ मिनेटसम्म मज्जाले उमालेर तातो तातो सुपले आफ्नो जिउलाई न्यानो बनाई रुघाखोकी हटाउनुहोस्

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology