चिसोले कठ्याङ्ग्रिएर दुई जनाको ज्यान गयो

NAWALPUR TIMES

चिसोले कठ्याङ्ग्रिएर दुई जनाको ज्यान गयो
1604821418.dead body

नवलपुर – पाल्पामा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको ज्यान गएको छ ।  ३८ वर्षीय वसन्त गिरी र ५० वर्षीय गणेश परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार तानसेन ४ बडिज्ञानटोलमा  भाडामा बस्दै आउनुभएका वसन्त गिरी र  अर्घाखाँचीको छत्रकोट गाउँपालिका ४ स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिँड्ने  ५० वर्षीय गणेश परियारको ज्यान गएको हो ।

ज्याला मजदुरी गर्दै आउनुभएका गिरी शनिबार बिहान ८ बजे तानसेन नगरपालिका ४ सिल्खानटोलमा पर्ने  तानसेन गुल्मी सडकको भित्तामा घोप्टो परेको अवस्थामा भेटिनुभएकाे थियाे ।  बेहोस अवस्थामा रहेका उहाँलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।

यस्तै अचेत अवस्थामा तानसेन ६ बसपार्कमा भेटिनुभएका परियारलाई पनि उपचारका लागी जिल्ला अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology