चिसापानी जग्गा प्रकरणमा नेपाली काङ्ग्रेस बर्दघाटको गम्भीर ध्यानाकर्षण

NAWALPUR TIMES

चिसापानी जग्गा प्रकरणमा नेपाली काङ्ग्रेस बर्दघाटको गम्भीर ध्यानाकर्षण
FB IMG 15983582185133050

उमेश बि.क / नवलपरासी ,९ भदौ चिसापानी जग्गा प्रकरणको विषयमा नेपाली काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानी स्थित महेन्द्र राजमार्ग छेउमा रहेको ८ बिगाहा दुई कट्ठा धुर जग्गा फेरिपनि भूमाफियाको चंगुलमा पर्न लागेको आशंकामा नेपाली कांग्रेस बर्दघाट नगर समितिले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै बिज्ञप्ति जारी गरेको छ। नेपाली काङ्ग्रेस नगर सभापति शम्भुलाल श्रेष्ठ द्वारा हस्ताक्षरित विज्ञप्तीमा उक्त जग्गा चिसापानि अस्पताल सरकारी कार्यालय तथा सम्बन्धित स्थानीय निकायको संरक्षकत्व र अधिनमा रहनु पर्ने र यसको संरक्षणमा सबै राजनीतिक दल सरोकारवाला निकाय र स्थानीयहरु एक भएर अगाडि बढ्न विज्ञप्तिमा आग्रह गरिएको छ। राष्ट्रिय आवास कम्पनी र भूमाफियाको मिलेमतोमा मिति २०७५ जेस्ठ १०गते एक पत्रिकामा गैरकानुनी तबरबाट उक्त जग्गाको टेन्डर आव्हान गरिएको र सम्पूर्ण राजनीतिक दल स्थानीयबासीहरु को कडा प्रतिरोध पछि टेन्डर रद्द भई जग्गा हत्याउने प्रयास विफल भएको नेपाली कांग्रेस नगर कार्यसमितिले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ जालसाजी पूर्ण तवरबाट निकालिएको टेन्डरलाई रद्द गरिनु पर्ने,अव्यवस्थित बस्तीलाई व्यवस्थित गरी चिसापानी अस्पताललाई जग्गा उपलब्ध गराउनुपर्ने र बाँकी जग्गा सार्वजनिक सम्पत्तिको रुपमा बर्दघाट नगरपालिकाको स्वामित्वमा राखिनुपर्ने लगायतका विविध मागसहित जग्गा संरक्षणका लागि सबै पक्षलाई दबाब सिर्जनाका लागि नेपाली काँग्रेस बर्दघाट नगर समितिले अपिल गरेको छ। केही समय सेलाएको चिसापानी जग्गा प्रकरण फेरिपनि स्थानियबासी विभिन्न राजनीतिक दल,सरोकारवाला निकायले आवाज उठाईरहेका छन भने सामाजिक सन्जालहरुमा समेत यसको चौतर्फी बिरोध भैरहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology