चितवन विद्युत व्यवसायी संघमा सुबेदीको नेतृत्व

NAWALPUR TIMES

चितवन विद्युत व्यवसायी संघमा सुबेदीको नेतृत्व
received 773856387664533

सुजन अधिकारी, नारायणगढ
विद्युत व्यवसायी संघ चितवनको बर्हौ वार्षिक साधारणसभा तथा सातौं अधिबेशन कार्यक्रम सोमबार भरतपुरमा सप्पन्न भएको छ ।

नेपाल विद्युतिय महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटा प्रमुख अतिथि रहेको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलि, नेपाल विद्युतीय महासंघका निवर्तमान अध्यक्ष सुदर्शन प्रसाद पौडेल, महासंघ पुर्व अध्यक्ष तेज नारायण खरेल, महासंघ प्रथम उपाध्यक्ष प्रेमबहादुर जि.सि, महासंघ तृतीय उपाध्यक्ष लेखनाथ सापकोटा, लगाएत देशभरका नगर/जिल्ला संघका पदाधिकारीहरु को उपस्थिति रहेको थियो ।

प्रमुख अतिथी देवकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै यो समयको अर्थतन्त्रलाई थप संकटतर्फ जान नदिन सबैले बेलैमा पहल थाल्नुपर्ने र सरकार अनि बैंकद्वारा ब्यापारीले लिएको ऋणलाइ एकाध वर्षको अवधि बढाउन पहल गर्नु पर्नेमा जोड दिए । सभाका अर्का अतिथि उद्योग बाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलिले “विश्व आर्थिक मन्दिको असर नेपाली अर्थतन्त्रमा समेत देखिएको बताउँदै उनले अर्थतन्त्रका प्रमुख सूचकहरूः आयात, निर्यात, आर्थिक बृद्धि, राजश्व संकलन, उत्पादन, रोजगारी सबै क्षेत्रमा कमी आएको उल्लेख गरे । महासंघ तृतीय उपाध्यक्ष लेखनाथ सापकोटाले “अर्थतन्त्रलाई ठीक दिशातर्फ डोहोर्याउन सरकार र निजी क्षेत्र दुबै सचेत बन्नुपर्ने र तत्कालको समस्याबाट आत्तिएर ब्यावसाय छोड्न नहुने बताए ।

विद्युत व्याबसायी संघ चितवनको वार्हौ वार्षिक साधारणसभा कार्यक्रममा गोर्ख प्रसाद सापकोटाले सचिब प्रतिबेदनपेस गरेका थिए । डोलराम न्यौपानेको अध्यक्षमा भएको सभा लगत्तै सातौं कार्यकालका लागि नवराज सुबेदीको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्यसमितिको समेत चयन सोही सभाले गरेको छ ।

नयाँ बनेको समितिमा प्रथम उपाध्यक्ष विष्णु प्रसाद चालिसे, दोस्रो उपाध्यक्ष कृष्ण सुबेदी, तेस्रो उपाध्यक्ष गोर्खप्रसाद सापकोटा, सचीव प्रमानन्द सापकोटा, कोषाध्यक्ष काशीनाथ सापकोटा, सह-सचीव खगराज अधिकारी, सह-कोषाध्यक्ष प्रमेश्वर भट्टराई लगाएत पाँच सदस्य रहेका छन । साधारणसभा कार्यक्रमलाई पत्रकार पुर्ण शर्माले सहजीकरण गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology