कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा २५ वर्षको पोथी गैंडा मृत फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणको संयुक्त गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रअन्तर्गत पर्ने खोरियामुहान पोष्टको कार्य क्षेत्र अन्तर्गत भेल्लर घारीमा असोज २१ गते एक सिंगे गैडा मृत अवस्थामा फेला परेको निकुन्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
अन्दाजी २५ वर्ष उमेरको पोथी गैँडा आपसमा जुधेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले आ जनाएको छ । यस आर्थिक वर्षमा विभिन्न कारणबाट मर्ने एक सिंगे गैँडाको संख्या ५ वटा पुगेको निकुञ्जले जनाएको छ ।
Facebook Comment