चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला

NAWALPUR TIMES

चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला
tiger

कावासोती । भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राप्ती खोला किनारको हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा पोथी बाघ मृत फेला परेको छ ।

उक्त बाघ अन्दाजी सात वर्षको रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

शरीरका विभिन्न ठाउँमा घाउहरू रहेको उक्त बाघ एकापसमा जुधेर मरेको हुन सक्ने तिवारीले बताए । बाघ दुर्लभ वन्यजन्तु हो । पछिल्लो सर्वेक्षण अनुसार देशभरका वनक्षेत्रमा ३५५ बाघ छन् । चितवन निकुञ्ज र यस आसपासका वन क्षेत्रमा सबैभन्दा धेरै १२८ बाघ छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology