चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा मृत गैंडा फेला

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ७ गते २२:१५
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा मृत गैंडा फेला
1629735943391

कावसोती । चितवन राष्ट्रिय निकुुञ्जको नवलपरासी खण्डमा सोमबार एउटा भाले गैंडा मृत फेला परेको छ ।निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चितवन निकुन्जको पश्चिमी सेक्टर नवलपरासी अन्तरगत कोलकत्ता टापुको कधी सोहारा भन्ने स्थानमा करिब १० वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको हो । हिलो र पानीको दलदल रहेको स्थानमा गैंडा फसेर मरेको अनुमान गरिएको उनले बताए । चर्दै हिँडेको गैंडा ढापमा (पानी हिलोको दलदल) परेर निस्कन नसकेको अनुमान छ । मृत गैंडाको खाग र खुर सुरक्षित छ ।

प्रकाशित : २०७८ भदौ ७ गते २२:१५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI