चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

NAWALPUR TIMES

चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
347092505cmc

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

दम, उच्च रक्तचाप र निमोनिया सम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology