चितवनमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

NAWALPUR TIMES

चितवनमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
hatti1615961670

भरतपुर । चितवनमा जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८, अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको थियो ।

साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि, माडीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो । रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology