चितवनमा घाँस काट्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु

NAWALPUR TIMES

चितवनमा घाँस काट्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु
1460101049death body2020 08 13 07 14 00

पूर्वी चितवनको खैरहनीमा घाँस काट्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु भएको छ। मंगलबार बिहान स्थानीय कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी नगरपालिका– १३ सिम्रेनीका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको हो।

खैरहनी– १३ का वडा सदस्य चन्द्रलाल चौधरीका अनुसार निकुञ्जको हात्तीसहितको टोली अहिले घटनास्थलतर्फ गएको छ।

बोटेलाई आक्रमण गरेपछि उनीसँगै घाँस काट्न गएका साथीहरू भने भाग्न सफल भएको वडा सदस्य चौधरीले बताए। करिब साढे दुई वर्षअघि सोही स्थानमा उनकी बहिनीको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology