चितवनको विजयी शुरूआत

NAWALPUR TIMES

चितवनको विजयी शुरूआत
npl W2QQnBKAtm scaled

कावासोती । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विजयी शुरूआत गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।

काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । चितवनका सन्तोष कार्कीले सर्वाधिक अविजित २८ रन जोडे । ल्यूक मार्टिन बेनकेन्स्टाइले २२ रन बनाए।बलिङमा काठमाडौंका शाहब आलमले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि त्रिवि क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए । बलिङमा चितवनका सोहेल तनवीरले सर्वाधिक ५ विकेट लिए । कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले एकएक विकेट लिए ।

आजै दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology