चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अख्तियारको छापा

NAWALPUR TIMES

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अख्तियारको छापा
Afu

चितवन। चितवनको रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान टोलीले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाका ४ जना सहितको टोलीले खरिद सम्बन्धि कागजपत्र तथा कूर्चि, सोफाको विवरण संकलन गरेको छ । ३ वर्ष पहिले करिब साढे २ करोड बढी खर्चेर विश्वविद्यालयले कूर्चि, सोफा खरिद गर्दा भ्रष्टाचार भएको भन्दै परेको उजुरीमाथि छानविन गर्न टोलीले छापा मारेको हो ।

केन्द्रीय कार्यालय तथा आंगिक कार्यालयमा राख्नका लागि करिब २ सय ९० थान कूर्चि सोफा खरिद गर्दा भ्रष्टाचार भएको स्रोतको दाबी छ । डेढ वर्षदेखि अनुसन्धान चलिरहेको सो मुद्धामा अख्तियारले बेलाबखत बयान समेत लिदै आइरहेको थियो । आज टोलीले स्थानीय अगुवाहरुसँगको रोहबरमा कूर्चि तथा कागजपत्रको विवरणको लगत संकलन गरेको छ । कूर्चि, सोफा खरिद गरेको केही महिनामै कामै नलाग्ने गरी धुलाम्मे भएपछि भ्रष्टाचार भएको  आशंका गरिएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology