चालिसकिलो जंगलमा ट्रक पल्टिँदा १७ भैँसी मरे

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ १२ गते १२:३१
चालिसकिलो जंगलमा ट्रक पल्टिँदा १७ भैँसी मरे
IMG 20230829 WA0001

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती–१६ चालिसकिलो भन्ने स्थानमा ट्रक पल्टिदा १७ वटा भैँसी र पाडा मरेका छन् ।

कपिलवस्तुको चनौटाबाट काठमाडौं जाँदै गरेको ना ४ ख ९२२७ नं: को ट्रक आज बिहान सवा ६ बजे खाल्डोमा परी पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरी प्रवक्ता डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए  ।

भैँसी र पाडा लोड गरी ल्याएको ट्रक पल्टिएको हो । ११ वटा भैँसी र पाडा भने जीवितै रहेका छन् । दुर्घटनामा मानवीय क्षति भने नभएको पौडेलले बताए ।

मरेका भैँसी र पाडालाई खाल्डो खनेर पुर्नका लागि स्थानीय निकायसँग समन्वय भइरहेको छ ।

प्रकाशित : २०८० भदौ १२ गते १२:३१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI