चालक र मालिक सम्पर्क विहिन भन्दै आयोजनाको गलत सूचना : क्रेन नआउँदा बाटो दुईतर्फी खुल्न सकेन

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ १५ गते १४:५७
चालक र मालिक सम्पर्क विहिन भन्दै आयोजनाको गलत सूचना : क्रेन नआउँदा बाटो दुईतर्फी खुल्न सकेन
1716884929034

कावासोती । अवरुद्ध सडक सन्चालन गर्न नसके पछि नारायणघाट बुटवल सडक आयोजनाको पुर्वी खण्ड हेर्ने गैंडाकोटमा रहेको कार्यालयले सामाजिक संजाल फेसबुकमा गलत सूचना दिएको छ ।

बाटोमा फसेको ट्रक निकाल्न क्रेन आवश्यक पर्ने भएको र तत्काल क्रेन उपलब्ध नभए पछि आयोजना कार्यालयले ट्रक चालक सहचालक र ट्रक धनी सम्पर्कमा न आएको फेसबुक मार्फत गलत सूचना दिएको खुलेको छ ।

यता जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी वेदबहादुर पौडेलले ट्रक चालक घटनास्थलमै रहेको र ट्रक धनिसँग सम्पर्कको प्रयास भैरहेको बताए ।

ट्रक निकाल्नका लागि निर्माण कम्पनी र आयोजना कार्यालयलाई चालक, सहचालक र ट्रक धनि भन्दा क्रेनको आवश्यकता परेको तर तत्काल क्रेन नहुदा बाटो दोहोरो सन्चालन हुन नसकेको हो । डिएसपी पौडेलका अनुसार निर्माण कम्पनीसँग समन्वय गरेर क्रेन मगाईएको र क्रेन दुम्किबास बाट आउदै गरेको छ ।

आयोजना स्थलमा समस्या आए निर्माण कम्पनीले तत्काल सहज गराउनु पर्ने भए पनि क्रेन समेत ल्याउन नसक्दा बाटो दुई तर्फी खुल्न सकेको छैन भने ट्रक चालक, सहचालक र मालिक सम्पर्कमा नआएको भन्दै गलत सूचना जारी गरेको हो ।

गएराती २ बजेको समयम टायल लोड भएको बा.प्र. ०३-००१ ख-०९६१ ट्रक भासिएको ठाउँमा फसे पछि अवरुद्ध राजमार्ग मंगलबार १२ बजे बाट एकतर्फी रुपमा सन्चालनमा आएको हो ।

क्रेन आए पछि ट्रकलाई त्यहाँबाट निकालिने र सडक दुई तर्फी सन्चालनमा आउने प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ जेठ १५ गते १४:५७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI