चार वर्षपछि नाम र मुकाम पाएको मधेस प्रदेशमा आज सार्वजनिक बिदा

NAWALPUR TIMES

चार वर्षपछि नाम र मुकाम पाएको मधेस प्रदेशमा आज सार्वजनिक बिदा
603411524State Two

काठमाडौं । नामाकरण र स्थायी मुकाम (राजधानी) तोकेको खुशीयालीमा आज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आज प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । हिजोको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा दुई तिहाई बहुमत पुगेको थियो ।

ढिलै भए पनि प्रदेश २ ले नाम र स्थायी मुकाम पाएको हो । अब सात प्रदेशमध्ये प्रदेश १ ले मात्र नाम र मुकाम जुराउन बाँकी छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology