चार दिनका लागि मनकामना केबुलकार बन्द हुने, यस्तो छ कारण

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष १ गते १२:०५
चार दिनका लागि मनकामना केबुलकार बन्द हुने, यस्तो छ कारण
Manakamana Cable car

काठमाडौं  । मनकामना केबुलकारको सेवा चार दिनका लागि बन्द हुने भएको छ ।

केबुलबार स्तरोन्नतिका लागि आगामी आइतबारदेखि चार दिनका लागि केबुलकार सेवा बन्द गर्ने मनकामना केबुलकारले जनाएको छ । जस अनुसार केबुलकारको सेवा पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहने छ ।

मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारदेखि केबुलकार सेवा नियमित हुने कम्पनीले जनाएको छ । उक्त अवधिभर केबुलकार बटम स्टेशन र रेष्टुराँ सेवा भने यथावत् रहने बताइएको छ ।

कम्पनीले केबुलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो ।
लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ ।

साथै केबुलकारको लठ्ठा र ग्रिप लगायत उपकरणहरु पनि स्तरोन्नति गर्ने जनाइएको छ । चालू आर्थिक वर्षदेखि नै केबुलकारलाई नयाँ प्रविधिमा लैजाने योजना कम्पनीको छ ।

कम्पनीका अनुसार केबुलकारको भवन, टावर, गोन्डोला, बुलह्वीललगायत उपकरण भने साविककै रहने छ । यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केबुलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको हुने छ ।

प्रकाशित : २०७८ पुष १ गते १२:०५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI