चार जिल्लामा बाढीको उच्च जोखिम, २२ जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

NAWALPUR TIMES

चार जिल्लामा बाढीको उच्च जोखिम, २२ जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक
narayani nadi1623818124

कावासोती । आज (मंगलवार) नवलपरासी (पूर्व-पश्चिम) पाल्पा र रूपन्देही आसपास भई बहने नदी तथा स-साना खोलमा पानीको बहाव उल्लेख्य बढ्ने देखिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार यी चार जिल्ला आसपासका नदी तथा खोलामा आकस्मिक बाढीको जोखिमसमेत रहेको छ ।  यी चार जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, नवलपरासी (पूर्व), इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङजा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु र दाङ आसपास भई बहने केही स-साना नदीहरूमा समेत पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।

यी क्षेत्रका केही नदी तगथा खोलामा समेत आकस्मिक बाढीको जोखिम रहने महाशाखाको पूर्वानुमान छ । यी जिल्ला आसपास भई बहने नदी तटीय क्षेत्रहरूमा पनि उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

साथै पाँचथर, संखुवासभा, ओखलढुंगा, रामेछाप, सिन्धुली, उदयपुर, रसुवा, दोलखा, बाग्लुङ, पर्वत, प्यूठान, रुकुम पूर्व, रूकुम पश्चिम, बाजुरा, बझाङ, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुर र आसपास भई बहने केही स-साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यता अविरल वर्षाका कारण बुटवलको तिनाउ नदीमा जल सतहले खतराको तह पार गरेको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे जानकारी गराउँदै सतर्क रहन आग्रह गरेका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology