चार जना मृत अवस्थामा फेला

NAWALPUR TIMES

चार जना मृत अवस्थामा फेला
Dead 1561007018

नवलपुर । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

पाँचथरको फिदिम नगरपालिका–६ सिवा घर भई हाल हिलिहाङ गाउँपालिका–६ गुरासे नागि डेरा गरी बस्ने ४५ वर्षीय  टिका राई आफ्नै डेराको भान्सा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी पाँचथरको याङवरक गाउँपालिका–३ ओयम बस्ने २८ वर्षीय सन्तोष राई सोही ठाउँस्थित खानक्लेटार जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  गत आइतबार घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो । घटनास्थलबाट प्रहरीले १ थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।

खोटाङको केपिलासगढी गाउँपालिका–३ बाँसपानी बस्ने ८५ वर्षीया फुलसरी राई आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।दाङको तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीस्थित बाटोको छेउमा सोही उपमहानगरपालिका–१ भम्के बस्ने ७० वर्षीय तुल्सीराम भण्डारी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology