चारवटा शतक बनेको खेलमा पाकिस्तान विजयी

NAWALPUR TIMES

चारवटा शतक बनेको खेलमा पाकिस्तान विजयी
Pakistan Cricket 1696957113

कावासोती । मोहम्मद रिजवान र अब्दुल्लाह सफिकको शतकमा पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध ६ विकेटको कीर्तिमानी जित निकालेको छ ।

रिजवान र सफिले शतक बनाएपछि मंगलबार राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ३४५ रनको लक्ष्य पाकिस्तानले ४८.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

विश्वकपको इतिहासमा कुनै पनि टिमले सफलतापूर्वक पूरा गरेको यो नै अहिलेसम्मकै ठूलो लक्ष्य हो ।

यसअघि सन् २०११ को विश्वकपमा आयरल्यान्डले इङ्ल्यान्डले दिएको ३२८ रनको लक्ष्य पूरा गर्दै यो कीर्तिमान बनाएको थियो ।

यसै बिच आजको खेलमा ४ वटा शतक बनेको छ ।खेलका श्रीलंका र पाकिस्तानका २-२ ब्याट्सम्यानले शतक बनाएका थिए । पहिला ब्याटिङ गरेको श्रीलंकाका कुशल मेन्डिसले १२२ तथा सदिरा समराविक्रमले १०८ रन बनाएका थिए भने पाकिस्तानका लागि ओपनर सफिकले १०३ बलमा ११३ रन बनाए भने मोहमद रिजवान १३१ रनमा नट आउट रहे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology