घुमाउरी सामुदायिक वनको २६औँ साधारण सभा तथा १६ औँ अधिवेशनको खुल्लासत्र सम्पन्न
NAWALPUR TIMES प्रकाशित : २०७७ कार्तिक २५ गते १६:५८
received 3374485745981217
होमनाथ पौडेल, २५ कार्तिक, देवचुली ।
घुमाउरी सामुदायिक वन उपभोक्ता समूह, देवचुली-९ विशालटार, नवलपरासी( वर्दघाट सुस्ता पुर्व)को २६ औँ साधारण सभा तथा १६ औँ अधिवेशनको खुल्लासत्र आज मंगलबार सम्पन्न भएको छ। वनका अध्यक्ष देवसिं आले मगरको सभापतित्व र देवचुली-९ का जनप्रतिनिधि रामप्रसाद पन्तज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन महासंघका नगरस्तरीय अध्यक्ष कमल प्रसाद वाचेको विशिष्ट आतिथ्यता र सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत ज्योति प्रसाद कोइरालाको विशेष आतिथ्यता रहेको थियो। विश्वभरी फैलिएको कोभिड १९ ( कोरोना भाइरस ) को कारणले टोलटोलमा साधारण सभा गरि आज सामाजिक दुरी कायम गरी अधिवेशन गरिएको वनका सचीव मधुमायाँ गुरुङले नवलपुरटाइम्सलाई जानकारी गराउनुभयो। साधारणसभाले विविध निर्णय पास गरेको छ भने आजको भेलाले नयाँ कार्यसमिति गठनको लागि स्थानीय समाजसेवी खगराज कंडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति तयार गरेको छ। अबको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको समिति सहमतिमा हुन्छ वा चुनाव हुन्छ भन्ने एकिन भने भैसकेको छैन।
Facebook Comment