घाँटीमा अडकिएर गैँडाकोटमा एक जनाको मृत्यु

NAWALPUR TIMES

घाँटीमा अडकिएर गैँडाकोटमा एक जनाको मृत्यु
60de6ce8686f2 dead.jpg1600837666

कावासोती । नवलपुरको गैँडाकोटमा खानाखाने क्रममा घाँटीमा हड्डी अडकिएर एक जनाको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका वडा नं १ गंगानगर बस्ने कमला रानाभाटको घरमा आएका तनहुँ भिरकोट-३ का अमबहादुर रानाभाटको खाना खाने क्रममा घाँटीमा हड्डी अडकिएको थियो ।

घाँटीमा हड्डी अडकिए पछि उपचारका लागि भरतपुर अस्पताल पुर्‍याईएको र उपचारको क्रममा उनको मृत्यु प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology