गोही प्रजनन केन्द्रको भालेमा समस्या, यस वर्षको सबै अण्डा खेर गयो

NAWALPUR TIMES

गोही प्रजनन केन्द्रको भालेमा समस्या, यस वर्षको सबै अण्डा खेर गयो
5fcf4b96baac5 gohi

चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको घडियाल गोही प्रजनन् केन्द्रको एक मात्र भालेमा विर्य उत्पादन क्षमतामा समस्या आएको छ ।
प्रजन्नका लागि राखेको एक मात्र भाले गोहीको विर्य उत्पदनमा समस्या आएपछि यस वर्ष बच्चा कोरल्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा प्रजनन् केन्द्रका विज्ञ वेदवहादुर खड्काले एक मात्र भाले गोहीमा प्रजनन् क्षमतामा समस्या आएपछि तीनसय अण्डा खेर गएको बताउनुभयो ।
प्रजनन्को लागि योग्य भएमा ११ वटा पोथी घडियाल गोही छन् । ती गोहीले फुल पार्दछे । ती फूलमा भालेको विर्य अंकित दाग देखिदैन सहायक संरक्षण अधिकृत खड्काले भन्नु भयो ‘यस वर्ष तीनसय वटा अण्डा खेर गएको छ ।’ उहाका अनुसार पाँच वर्ष अगाडि पनि एक पटक सवै अण्डा खेर गएको थियो ।
गोही कछुवा र गिद्ध विज्ञका रुपमा रहेका खड्काले भन्नु भयो ‘यो भाले घडियालको प्रनन् क्षमता समस्या आउन थालेको केही वर्ष भएको छ ।’ पारेको सवै अण्डामा विर्यको दाग देखिदैन उहाले भन्नु भयो । भालेको विर्य नपरेको अण्डाबाट बच्चा निस्कदैन । प्रजनन्का लागि राखिएको भालेमा नै समस्या आएपछि यहाँबाट गोहीको नयाँ बच्चा उत्पादन हुन नसक्ने जानकारी दिनु भयो ।
भाले लाग्ने वेलामा पानी भित्र पोथी संग समागमन गर्ने गर्दछ । पानी भित्र कुनैपनि क्रिया गरेको पाइदैन उहाले भन्नु भयो । अण्डा देखिन्छ तर भाले लागेको पाइदैन । भालेको विर्यमा समस्या देखिएको विषयमा वन्य जन्तु संरक्षण विभागमा पत्राचार गरी जानकारी गराइएको छ । अव यस विषयमा अध्ययन जरुरी छ अधिकृत खड्काले भन्नु भयो । चार वर्षदेखि थोरै अण्डामा विर्यको मात्रा देखिएको थियो । हामीले यस विषयमा निगरानी राख्दै आएका थियौ यस वर्ष भालेको विर्य नभएपछि कुनैपनि अण्डाबाट बच्चा निस्कन सकेन खड्काले भन्नु भयो ।
पोथीको तुलनामा भाले मोटो भएको हुन सक्ने भन्दै खानेकुरा कम दिन थालिएको थियो । त्यसबाट पनि राम्रो संकेत देखिएन । अव यो भाले घडियालको विर्यको जाँच गरेपछि विकल्प खोज्नु पर्ने देखिन्छ उहाँले भन्नुभयो ।
लोपउन्मुख जन्तुको रुपमा रहेको घडियाल गोही निकुञ्जको मुख्यालय कसरामा घडियाल गोही प्रजनन् केन्द्र स्थापना गरिएको थियो । प्रजन्नका लागि योग्य भएका पोथी घडियाल भालेसंगै राखिने गरिएको छ । घडियाल गोही लोप हुन थालेपछि निकुञ्जको कसरामा प्रजनन् केन्द्र स्थापना गरि उत्पादन गरिदै आएको छ । यहाँ उत्पादन गरिएको घडियाल गोही चितवनको नारायणी, राप्ती, कर्णाली लगायतका नदीमा छाडिदै आएको छ । अहिले यस प्रजनन् केन्द्रमा ६५६ वटा घडियाल गोही रहेको खड्काले जानकारी दिनुभयो-गोरखापत्रबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology