कावासोती । नवलपुरको मध्यविन्दुमा गोही को आक्रमणबाट एक जना घाईते भएका छ्न ।
स्थानीय उल्टि खोलामा भैंसी चराउन गएका मध्यविन्दु नगरपालिका वडा नं ६ का खोरबहादुर थारुलाई गोहीले आक्रमण गरेको हो ।
गोहीको आक्रमणबाट घाईते थारुको दाहिने खुट्टामा चोट लागेको र उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।
											
											प्रकाशित :  २०८१ जेठ  १५ गते १६:३६
										
										
										
	
										
										  
							 
						
Facebook Comment