गोल्डेन ईमिनेन्टद्धारा नेपाली विद्यार्थीहरुलाई छात्रवृति प्रदान, विद्यार्थीहरुमा उत्साह

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ३० गते २०:०४
गोल्डेन ईमिनेन्टद्धारा नेपाली विद्यार्थीहरुलाई छात्रवृति प्रदान, विद्यार्थीहरुमा उत्साह
Screenshot 2024 03 13 20 02 06 92 be80aec1db9a2b53c9d399db0c602181

चितवन । कोरियाको Kyungsung University मा अध्ययनरत विद्यार्थीलाई गोल्डेन इमिनेन्टले छात्रवृति उपलव्ध गराएको छ । विगत १० वर्षदेखि चितवनको भरतपुरबाट विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि कोरिया पठाउदै आएको नेपालकै सर्वोत्कृष्ट परामर्शदाता गोल्डेन इमिनेन्टले Kyungsung University मा अध्ययन गर्दै आएका नेपाली विद्यार्थीहरुको सहजताका लागि छात्रवृति प्रदान गरेको गोल्डेन इमिनेन्टका अध्यक्ष प्रकाश रिजालले बताउनुभयो ।

नेपालको लागि आधिकारिक एडमिसन सेन्टरको रुपमा गोल्डेन इमिनेन्टले आउदो सेप्टेम्बरको लागि छात्रवृतिमा भर्ना गरिरहेको भन्दै उहाँले उच्च शिक्षा अध्ययनका लागि कोरिया पुगेका नेपाली विद्यार्थीहरुबाट गोल्डेन इमिनेन्टलाई उत्कृष्ट परामर्शदाताको रुपमा हेरेको पाइएको भन्दै आफुहरु उत्साहित भएको बताउनुभयो । गोल्डेन इमिनेन्टले Kyungsung University, Shean University,Joongbu University   लगायतका विश्वविद्यालयहरुको नेपालको आधिकारिक प्रतिनिधीको रुपमा मान्यता प्राप्त गरिसकेको छ ।

Kyungsung University मा अध्ययनरत नेपाली विद्यार्थीहरु विप्लभ मैनाली, दुर्गा तामाङ, अनिशा कार्की, टुकमाया पौडेल, डोलकुमारी तिमिल्सिना, नमुना भण्डारी, सागर पन्थ,स्मृति अधिकारी,हरिप्रसाद आचार्य,स्मृति रेग्मी, हेमराज न्यौपाने, शिरिस धिताल, प्रनिश खनाल, युवराज ढेगा, मगर, अनमोल बुढाथोकी, मोहन गौतम, कविर पौडेल, पारशमणी शर्मा, कृष्ण सारु मगर, रन्जित महतो, सुदीप महतो, विशाल क्षेत्री, निशा गुरुङ, सुमन परियार, योङजोम घले, प्रकाश विक र अमर गिरी गरि २७ जना विद्यार्थीहरुले छात्रवृति प्राप्त गरेको गोल्डेन इमिनेन्टले जनाएको छ ।

सेप्टेम्बर ईनटेकका लागि भर्ना खुल्यो

सन् २०२४ को सेप्टेम्बर ईनटेकका लागि कोरियाका विभिन्न युनिर्भसीटीहरुले भर्ना आह्वान गरेका छन् । प्लस २ मा २. र क्ष्भतिक मा ३० प्रतिशत देखि १०० प्रतिशत सम्म नेपाली विद्यार्थीहरुले छात्रवृति प्राप्त गर्नसक्नेछन् । विद्यार्थीहरुले Kyungsung University मा Global Hospitality Management, Global It Engineering,Global Business Administration,Global Mechanical Design Engineering र  Korean Studies English Track मा अध्ययन गर्न पाउने छन् ।

त्यसैगरी स्नातक तहमा एमबीएमा English Track रहेको आधिकारीक एजेन्सी गोल्डेन ईमिनेन्टले जनाएको छ । यस्तै Shean University df  Hospitality Management , Business Administrationर  English Track मा अध्ययन गर्न पाउने छन् । उता Joongbu University   मा English Track र Global Business अध्ययन गर्न पाउने गोल्डेन ईमिनेन्टले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित चितवन मेडिकल कलेज अगाडी प्रधान कार्यालय रहेको गोल्डेन ईमिनेन्टले काठमाण्डौ र बुटवलबाट विद्यार्थीहरुलाई सेवा उपलव्ध गराउदै आएको छ ।

प्रकाशित : २०८० फागुन ३० गते २०:०४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI