गैंडा सिकारी ११ वर्षपछि पक्राउ

NAWALPUR TIMES

गैंडा सिकारी ११ वर्षपछि पक्राउ
FB IMG 16217451437893221

चितवन — गैंडा मारेको अभियोगमा ११ वर्षअघि मुद्दा दायर भएर ६ वर्षअघि १५ वर्ष कैद सजाय पाएका विन्द्रसिंह भन्ने सागर प्रजा चेपाङ शुक्रबार समातिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूका अनुसार सागर २०६१ सालदेखि नै गैंडा मार्न सक्रिय थिए । २०६७ पुस १९ गते निकुञ्जभित्र धोवाहा रतनीघाटमा वयस्क भाले गैंडालाई गोली हानेर मारेको र खाग बेचेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार उनको स्थायी ठेगाना चितवनको पहाडी क्षेत्र सिद्धिको सैपाङमा हो । तर आफ्नो पुरानो थातथलोमा नबसेर भाग्दै लुक्दै हिँड्ने गरेको अधिकारीले बताए । चितवन निकुञ्जको टोलीले सागरलाई तनहुँ ब्यास नगरपालिका–११ घाँसीकुवा ठूलो चौरबाट समाएको सहायक संरक्षण अधिकृत अधिकारीले जानकारी दिए ।

२०६७ पुसमा गैंडा मारेको अभियोगमा सोही वर्षको चैत २७ गते चितवन राष्ट्रिय निकुञ्जमा सागरसहित १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । सहायक संरक्षण अधिकृत अधिकारीले दिएको जानकारीअनुसार यो आर्थिक वर्षमा गैंडा मारेको अभियोग लागेका २५ जनालाई चितवन निकुञ्जको टोलीले समाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology