गैंडाको खाग सहित एकजना पक्राउ

NAWALPUR TIMES

गैंडाको खाग सहित एकजना पक्राउ
2021 01 04 pajkfafa

कैलाली । कैलालीमा खैरो रङको गैँडाको खागसहित एकजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

बर्दगोरिया गाउँपालिका–४ स्थित छतिवना सामुदायिक वननजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट १७१ ग्राम ९६० मिलिग्राम खैरो रङको गैँडाको खाग एक थानसहित सोही गाउँपालिका–५ का नैनबहादुर कठरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

 

कठरियालाई ना३स ५७१८ नम्बरको अटोरिक्सा जाँचका क्रममा उक्त खाग बरामद गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

अटोरिक्सा र निज कठरियालाई आवश्यक कारबाहीका लागी सबडिभिजन वन कार्यालय साँडेपानी कैलालीमा बुझाइएको बताइएको छ । रासस
तस्बिरः फेसबुकबाट ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology