गैंडाकोट नगरपालिकाका १३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES

गैंडाकोट नगरपालिकाका १३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि
gaidakot 1

गैंडाकोट नगरपालिकाका थप १३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

कात्तिक २१ गते शुक्रबार संकलन गरिएका १२४ स्वाब मध्ये १३ जना नगरपालिकाका कर्मचारीको रिपोर्ट पोजेटिभ देखिएको गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले नवलपुर टाईम्सलाई बताउनुभयो।

पोखराबाट आज प्राप्त रिपोर्ट अनुसार गैंडाकोटमा नगरपालिकाका बिभिन्न शाखामा कार्यरत ७ कर्मचारी, गैंडाकोट स्वास्थ्य चौकीका ४ स्वास्थ्यकर्मी र  नगर अस्पताल पितौँजीघाटमा कार्यरत २ स्वास्थ्यकर्मी गरि १३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै २१ गते शुक्रबार गैंडाकोटबाट स्वाब दिएका जिल्ला प्रशासन कार्यालय नवलपुरका एक नायब सुब्बामा पनि कोरोना पुष्टि भएको छ।

कात्तिक २१ गते शुक्रबार संकलन गरिएका १२४ स्वाब मध्ये आज १९ जनाको रिपोर्ट पोजेटिभ आएको थियो।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology