गैंडाकोट नगरपालिकाका आकस्मिक र प्रसुती बाहेकका सेवा आज बन्द रहने

NAWALPUR TIMES

गैंडाकोट नगरपालिकाका आकस्मिक र प्रसुती बाहेकका सेवा आज बन्द रहने
gaidakot 1

गैंडाकोट नगरपालिकाका आकस्मिक र प्रसुती बाहेकका सेवा आज बन्द रहने भएका छन्।

गैंडाकोट नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरूमा कोभिड १९ को संक्रमण पुष्टि भएपछि कात्तिक २१ गते शुक्रबार संकलन गरिएको स्वाबको नजिता प्राप्त भैनसकेकोले आज २३ गते एकदिन नगरपालिका बन्द गरिएको नगरपालिकाको सूचनामा उल्लेख गरिएको छ।

गैंडाकोट नगरपालिकाको कार्यालय, नगरपालिकाको परिसर भित्र रहेका वडा कार्यालयहरू ४, ५, ६, ७, ८ र ९, गैंडाकोट स्वास्थ्य चौकी र नगर अस्पताल पितौँजीघाटको आकस्मिक र प्रसुती बाहेकका अन्य सेवा आज बन्द रहने भएका छन्।

गत शुक्रबार नगरपालिकामा १२४ जनाको स्वाब संकलन गरि सोही दिन नै पोखरा पठाईएको थियो।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology