गैंडाकोट जेसीजको अध्यक्षमा राजेश पौडेल निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष ९ गते २१:४५
गैंडाकोट जेसीजको अध्यक्षमा राजेश पौडेल निर्वाचित
received 380089841091742

अजय पौडेल, गैंडाकोट । गैंडाकोट जेसीजको अध्यक्षमा राजेश पौडेल निर्वाचित हुनुभएको छ । १७ औं अधिवेशनबाट पौडेल निर्वाचित हुनुभएको प्रमुख निर्वाचन आयुक्त शंकर अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी कार्यकारीणी उपाध्यक्षमा श्याम वन र कमल तिवारी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा अनिल पौडेल,पवन कार्कीं,लक्ष्मण कंडेल र रोसन सापकोटा निर्वाचित हुनुभएको छ ।

सोमबार सम्पन्न अधिवेशनबाट सह-सचिवमा आयुष पौडेल,सह कोषाध्यक्षमा युवराज काफ्ले चयन हुनुभएको प्रमुख निर्वाचन आयुक्त अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी नवनिर्वाचित अध्यक्षले महासचिवमा इश्वर पौडेल,कोषाध्यक्षमा रमेश कोइराला,कानुनी सल्लाहकारमा हरी पौडेल,तालिम आयुक्तमा तेजेन्द्र राना र प्रकरण निर्देशकमा प्रकाश श्रेष्ठलाई मनोनयन गर्नुभएको छ ।

आजै सम्पन्न १८ औं साधारणसभामा महासचिव हरि पौडेल,कार्यकारीणी उपाध्यक्ष क्षितिज आचार्य, कोषाध्यक्ष अजय पौडेलले प्रस्तुत गर्नुभएको आ-आफ्नो प्रतिवेदन सर्बसम्मत पारित भएको थियो ।

साधारणसभामा गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो भने पुर्ब अध्यक्ष रमेश काफ्ले,परमेश आचार्य,गोकुल सापकोटा,भानुभक्त रिमाल,सुशील काफ्ले,दया सापकोटाले मन्तव्य राख्नुभएको थियो ।

वर्ष २०२३ का महासचिव हरि पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रम गैंडाकोट जेसीज वर्ष २०२३ का अध्यक्ष रोजन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित : २०८० पुष ९ गते २१:४५

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI