गैंडाकोटमा साढे ५ करोडको लागतमा कभर्ड हल

NAWALPUR TIMES

गैंडाकोटमा साढे ५ करोडको लागतमा कभर्ड हल
thumb 4

नारायण शर्मा/पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोटमा साढे ५ करोडको लागतमा कर्भड हल निर्माण भइरहेको छ । गैंडाकोट नगरपालिका-४ झपर्दीमा संघीय सरकारको बजेटबाट जिल्लाकै सबैभन्दा सुविधासम्पन्न कभर्ड हल निर्माण जारी छ ।

सार्वजनिक जग्गामा ३ वटा कोर्ट भएको हल निर्माण भइरहेको गैंडाकोट खेलकुद विकास समिति अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिए । उनका अनुसार भवन निर्माणमा हालसम्म २ करोड ५० लाख रकम खर्च भइसकेको छ । अरु काम आगामी पुससम्म सक्ने लक्ष्य छ । यो हलमा चेन्जिङ रुम, शौचालयको व्यवस्था छ ।

आउँदो पुस महिनाभित्रै यहाँ ब्याडमिन्टन खेलाउन मिल्नेगरी धमाधम काम भइरहेको अध्यक्ष कार्कीले बताए । यो समेत गैंडाकोट नगरपालिकामा ३ वटा कर्भड हल निर्माण भइसकेका छन् ।

पूर्वी नवलपरासीका ८ वटा पालिकामध्ये ५ वटा पालिकामा कर्भड हल निर्माण भएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology