गैंडाकोटमा राष्ट्रिय बाणिज्य बैंकको एटीएम सेवा सञ्चालन

NAWALPUR TIMES

गैंडाकोटमा राष्ट्रिय बाणिज्य बैंकको एटीएम सेवा सञ्चालन
269970971 465579308428319 1430176510796451852 n

प्रकाश भण्डारी।  गैंडाकोटमा राष्ट्रिय बाणिज्य बैँकको एटीएम आज देखि सञ्चालनमा आएको छ।  गैंडाकोट नगरपालिका वडा नं. २ स्थित बाणिज्य बैँकको शाखा कार्यालयको भवनबाटै एटीएम सेवा सञ्चालनमा ल्याईएको हो।

आज एक कार्यक्रमका बिच गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले रिबन काटेर एटीएमको उद्घाटन गर्नुभएको थियो। आजैका दिनदेखि नगरबासीहरूले एटीएमबाट छिटो र छरितो रूपमा सुबिधा लिन पाउने भन्दै शाखा प्रबन्धक तथा बैँकका सम्पूर्ण कर्मचारीलाई नगर प्रमुख पौडेलले बधाई समेत दिनुभयो।

                                 नगर प्रमुख छत्रराज पौडेललाई स्वागत गर्नुहुँदै,पूर्व शाखा प्रबन्धक कृष्ण पन्थी।

अहिलेको आईटिको जमानामा  सेवा सुबिधा सुलभ रूपमा ग्राहकहरूलाई उपलब्ध गराउन र लामो लाईनमा बस्नु पर्ने झन्झट बाट मुक्ति दिनका लागि बाणिज्य बैँकको २४२ औँ एटीएम गैँडाकोटमा सञ्चालनमा ल्याईएको बैँकका शाखा प्रबन्धक सन्तोष सोतीले नवलपुर टाईम्सलाई बताउनुभयो।

हाल गैँडाकोट नगरपालिकामा रहेको एटीएमबाट भिसा कार्ड, मास्टर कार्ड लगाएतका कार्डहरूमात्रै प्रयोग गर्न मिल्ने सोतीले बताउनुभयो।

                                           राष्ट्रिय बाणिज्य बैँक गैँडाकोट शाखाका कर्मचारीहरू।

 

जाँदाजाँदै शाखा प्रबन्धक कृष्ण पन्थीले ग्राहकहरूको बैँकप्रतिको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि छिटो छरितो रूपमा एटीएम कार्ड उपलब्ध गराउने र बैँकले समयानुकूल बिभिन्न नयाँ नयाँ सेवाहरू समेत प्रवाह गर्दै ग्राहकहरूलाई चुस्त दुरूस्त सेवा दिन बाणिज्य बैँक सधै प्रतिबद्ध रहेको बताउनुभयो।

राष्ट्रिय बाणिज्य बैँकको हाल ७७ जिल्लामा २५७ शाखा र २४२ एटीएम सञ्चालनमा रहेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology