गैंडाकोटमा बस दुर्घटना : १५ जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २३ गते ११:२६
गैंडाकोटमा बस दुर्घटना : १५ जना घाइते
1639028365728

नवलपुर  । दाङबाट काठमाडौं हिडेको ना ७ ख ४०३८ नम्बरको बस आज विहान ४ बजेतिर गैडाकोट नगरपालिका ७ जयश्री पुल नजिकै दुर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २८ फिट पर पल्टिएको थियो ।

दुर्घटनामा परी पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ निवासी ४ बर्षीया बालिका पार्वती उपाध्याय, गैडाकोट २ कै ४८ बर्षीय दयाराम शर्मा, देवचुली १ निवासी ३४ बर्षीय प्रदीप तिवारी, काठमाडौं सीता पाइला ३ बस्ने ४९ बर्षीय प्रकाश घिमिरे, दाङ भालुवाङ ८ निवासी २६ बर्षीय लिला कुमाल घाइते भएका छन् ।

त्यसैगरी दाङ लमही ५ का २५ बर्षीया रचना कार्की, ३५ बर्षीय शिवप्रसाद शर्मा, प्युठान जिल्लाको प्युठान नगरपालिका ७ का ३२ बर्षीय अविनाश पण्डित, दाङ लमही नगरपालिका ५ निवासी ६० बर्षीया देवा अधिकारी, प्युठान भिवग्री ४ निवासी २६ बर्षीय सोलु विक घाइते भएका छन् । त्यसैगरी दाङको लमही नगरपालिका ५ निवासी २३ बर्षीया स्नेहा सिंह, भालुवाङ २ निवासी २४ बर्षीय अर्जुन कुमार खड्का, भालुवा १ निवासी ३१ बर्षीय वसन्त खड्का, दाङकै राप्ती नगरपालिका ३ बस्ने ४१ बर्षीया प्रेमकुमारी गिरी र प्युठानको बड्डाँडा गाउँपालिका २ निवासी ३० बर्षीय सोवीलाल सुनार घाइते भएका छन् ।

घाइते मध्ये ६ जनाको अवस्था मध्यम रहेको नवलपुर प्रहरीले जनाएको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ ।

बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ

प्रकाशित : २०७८ मंसिर २३ गते ११:२६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI