गैंडाकोटमा डाइभर्सन बगेपछि राजमार्ग अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १७ गते १४:२२
गैंडाकोटमा डाइभर्सन बगेपछि राजमार्ग अवरुद्ध
Nawalpur

पूर्वी नवलपरासी — पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटमा रहेको डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार गैंडाकोट र भेडाबारीबीचमा रहेको डाइभर्सन बगेको हो । राजमार्ग फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सन बगेपछि बिहीबार बिहान ९ बजेबाट गाडी वारपार गर्न सकेका छैनन् ।सयौं गाडी गैंडाकोट र रजहरमा रोकिएका छन् । सडक भत्किएकै स्थानमा जाम नहोस् भनेर दुवैतर्फका गाडी त्यहीँ रोकिएको प्रहरीले जनाएको छ ।गैंडाकोट र भेडाबारीबीचको जंगलमा पुराना पुल भत्काएर फराकिलो बनाउने क्रममा चारवटा डाइभर्सन बनाइएका छन् ।

प्रकाशित : २०७८ असार १७ गते १४:२२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI