गैंडाकोटमा उच्च शिक्षा अध्ययन गर्ने बिद्यार्थीलाई भोलि एष्ट्राजेनेका खोप लगाईने

NAWALPUR TIMES

गैंडाकोटमा उच्च शिक्षा अध्ययन गर्ने बिद्यार्थीलाई भोलि एष्ट्राजेनेका खोप लगाईने
2020 07 16 Gaidakot nag1

प्रकाश भण्डारी।  गैंडाकोट नगरपालिकाले उच्च शिक्षाको तयारी गरिरहेका विद्यार्थीहरूको लागि प्रवेश पत्रको आधारमा खोप लगाउने व्यवस्था गरेको छ।

गैंडाकोट नगरपालिकाले आज एक सूचना जारी गर्दै गैंडाकोट नगरक्षेत्र भित्र बसोबास गरी उच्च शिक्षाको अध्ययनरत गरिरहेका विद्यार्थीहरूको लागि कोभिड बिरूद्धको एष्ट्राजेनेका खोप लगाउने व्यवस्था गरेको हो।

गैंडाकोट नगरपालिकाका वडा नं. १ देखि वडा नं. ९ सम्मका विद्यार्थीहरूको लागि भोलि साउन ३२ गते बिहान १० बजेदेखी दिउसो ३ बजेसम्म गैंडाकोट स्वास्थ्य चौकीबाट खोप उपलब्ध गराईनेछ। त्यस्तै वडा नं. १० देखि १८ सम्मका विद्यार्थीहरूका लागि गैंडाकोट नगर अस्पताल पितौँजीबाट सोही समयमा खोप उपलब्ध गराईने सूचनामा उल्लेख गरिएको छ।

कोभिड बिरुद्धको एष्ट्राजेनेका खोप लगाउन आउने विद्यार्थीहरूले अनिवार्य रूपमा प्रवेश पत्र साथमा लिई आउन नगरपालिकाले आग्रह गरेको छ। प्रवेश पत्र बिना उपस्थित हुने विद्यार्थीहरूलाई नगरपालिकाले खोप नलगाउने बताएको छ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology