गैंडाकोट। गैंडाकोट नगरपालिकामा आज (शुक्रबार) भेरोसेलको खोप कार्यक्रम नरहेको नगरपालिकाले जनाएको छ।
गैंडाकोट नगरपालिकाले आज एक सूचना जारि गर्दै शुक्रवारलाई तय गरेको भेरोसेल खोप लगाउने कार्यक्रम स्थगित गरिएको जनाएको छ।
स्वास्थ्य कार्यालय नवलपुरबाट प्राप्त ३६२० भेरोसेलको खोप हिजो असार ३१ गते नै सकिएकोले आज कुनै पनि स्वास्थ्य संस्थाबाट भेरोसेल खोपका कार्यक्रम सञ्चालन नहुने गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले नवलपुर टाईम्सलाई बताउनुभयो।
आजै स्वास्थ्य निर्देशनालय पोखरामा गई थप खोप लिएर आउने र केही दिनभित्रै नगरपालिकाले खोप कार्यक्रम सञ्चालन गर्ने पौडेलले जानकारी गराउनुभयो।
Facebook Comment